मिति २०८२।०७।२४ गते बसेको क्याम्पस संचालक समितिको बैठकको निर्णय बमोजिमक्याम्पसको स्वीकृत विधान २०८१ परिच्छेद –४ दफा ११ अनुसार यहीमिति २०८२।०८।०६ गते हुने साधारणसभा सम्पन्नगर्न लागिएकोले तपसिलकाबुँदाहरुमा रहने गरी मिति २०८२।०७।३० गतेसम्मक्याम्पसको विधानअनुसारको सदस्यतालिन ईच्छुक महानुभावहरुलाई जानकारी गराईन्छ ।
क्याम्पसको स्वीकृत विधान २०८१ परिच्छेद –३ दफा ८ अनुसार साधारणसभाका लागिभएको सदस्य सम्बन्धिब्यवस्था देहायबमोजिमहुनेछ ः–
क्याम्पसको विधानलाई निःशर्त स्वीकार गर्ने ब्यक्तिवा संस्थालाई संचालक समितिले निम्नबमोजिम सदस्यताप्रदानगर्न सक्नेछ ।
(१) संरक्षक सदस्य ः–क्याम्पसलाई रु. १,००,०००।– (एक लाख) वा सो भन्दा बढी आर्थिक सहयोग गर्ने ब्यक्तिलाई संचालक समितिले संरक्षक सदस्यताप्रदानगर्न सक्नेछ ।
(२) विशिष्ट आजिवन सदस्य ः–क्याम्पसलाई रु. ५०,०००।– (पचास हजार) वा सो भन्दा बढी आर्थिक सहयोग गर्ने ब्यक्तिलाई संचालक समितिले विशिष्ट आजिवन सदस्यहुनेछ ।
(३) आजिवन सदस्य ः– क्याम्पसलाई रु. २५,०००।– (पच्चिस हजार) वा सो भन्दा बढी आर्थिक सहयोग गर्ने ब्यक्तिलाई संचालक समितिले आजिवन सदस्यप्रदानगर्न सक्नेछ ।
(४) संस्थापक सदस्य ः– क्याम्पस स्थापनाहुँदाकाबखतकायम रहेको समितिलाई संस्थापक सदस्यभनिने छ ।
(५) साधारण सदस्य ः– क्याम्पसलाई रु. १०,००० ।– (दशहजार) आर्थिक सहयोग प्रदानगर्ने सबै नेपालीनागरिकलाई क्याम्पसको साधारण सदस्यताप्रदानगर्न सक्नेछ । यस्तो सदस्यले आफ्नो सदस्यताकायम राख्न हरेक आर्थिक बर्षमा रु १,००० ।– (एक हजार) रुपैंया तिरी सदस्यतानविकरण गर्नुपर्नेछ
(६) मानार्थ सदस्य ः–ख्यातिप्राप्तव्यक्तित्व, प्राविधिक र क्याम्पस विकासकालागि महत्वपूर्ण योगदानदिने व्यक्तिलाई क्याम्पस संचालक समितिको निर्णयले मानार्थ सदस्यतादिन सकिने छ । मानार्थ सदस्यले सभामाभागलिनपाउनेछन् तर मताधिकार भने हुनेछैन ।
साधारण सभाहुने मिति, समय र स्थान
मिति ः– २०८२।०८।०६शनिवार
समय ः– ८ः०० बजे विहान
स्थान ः–क्याम्पस प्राङ्गण ।
डा. शोभा ढुङ्गाना
क्याम्पस प्रमुख
